पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीपंक्तिलाई अनावश्यक टिकाटिप्पणी नगर्न रास्वपा निर्देशन

चिन्तन खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय लाग्ने भएकाले आफ्ना सबै पार्टीपंक्तिलाई धैर्यपूर्वक प्रतीक्षा गर्न आग्रह गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको यस घडीमा सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा अनावश्यक टिकाटिप्पणी गर्ने गतिविधि बढेको महसुस भएको छ । त्यसैले सम्पूर्ण पार्टीपंक्तिलाई अवाञ्छित गतिविधि नगर्न निर्देश दिइन्छ कसैले यस्तो गतिविधि गरेको पाइएमा पार्टीको विधान, कार्यविधि तथा आचारसंहिताअनुसार आवश्यक कारबाही गरिनेछ ।’