यासोक—पाँचथरको कुम्मायक गाउँपालिका–५ स्यावरुम्बाकी २४ वर्षीय मिर्गौला पीडित कुशुम चेम्जोङलाई देश तथा विदेशबाट आर्थिक सहयोग गरिएको छ । बिहिवार पापोहाङ लावती सयङ प्रवास समिति दक्षिण कोरियाको ४० हजार र इमित्लुङ पाङ्गुदेन कुम्मायक–१ यासोकबाट ३६ हजार १६० रुपैयाँ संकलन गरी ७६ हजार १६० रुपैयाँ रकम प्रदान गरिएको छ ।
कुम्मायक–१ नम्बर वडा कार्यालयमा वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले कुशुमकोे बुवा कुमार चेम्जोङलाई सहयोग रकम हस्तान्त्रण गर्नुभएको थियो । लामो समयदेखि दुबै मिर्गौला फेलभई उपचाररत चेम्जोङको अवस्था गम्भीर बन्दै गएपछि सहयोग रकम प्रदान गरिएको हो । मिर्गौलासंगै मुटुको समेत समस्या भएकी चेम्जोङलाई तत्काल मिर्गौला ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकले बताएका छन ।
पापोहाङ लावती सयङ प्रवास समिति दक्षिण कोरिया र इमित्लुङ पाङ्गुदेनको सहयोगमा चेम्जोङ परिवारलाई सहयोग गरिएको वडाअध्यक्ष लावतीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएपछि कुसुमको मिर्गौलाको डाल्याईसि मात्रै भएको र ट्रान्सप्लान्ट गर्न २० लाख रुपैयाँ खर्च लाग्ने भएकाले सहयोग रकम संकलन हुदै आएको छ । परिवारले ‘कुसुम बचाउ अभियान’ संचालन गरी मिर्गौलाको डाल्याईसि गर्दै आएको र रकम संकलनपछि मात्रै ट्रान्सप्लान्ट गर्न सकिने परिवार श्रोतले जनाएको छ ।








प्रतिक्रिया