यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्यान्सरको खतरा बढाइदिन्छ।
काठमाडौं । तपाईलाई थाहा नै छ । रक्सी र चुरोटले क्यान्सर लाग्छ भन्ने ? एक अनुसन्धानले यस्तो देखाएको छ। एक सातामा ७५० मिलिलिटर रक्सी सोही अवधिमा महिलाले १० र पुरुषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको छ।
ब्रिटेनको एक अनुसन्धानबाट रक्सी कम खान्छु भन्नेहरुका लागि ध्यान पुर्याउनु पर्ने एउटा सचेतना मुलक विषय हो ।
विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा बढ्ता रहन्छ।
र, त्यस्तो जोखिमलाई कम गर्ने एउटा मात्र तरिका हो– चुरोटलाई पूर्णरूपमा त्याग्नु।
सरकारी निर्देशिका अनुसार एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु उपयुक्त हुँदैन। यो भनेको लगभग साढे तीन लिटर बियर वा ६ गिलास जति वाइन बाराबर हो।
उक्त अनुसन्धानमा कसैको स्वास्थ्य खतरमा रहेको छ भने रक्सी पिउने कुनै मात्रा तय गर्नु ठीक नहुने उल्लेख छ।
अनुसन्धानले कम रक्सी पिउनेमा पनि क्यान्सरको खतरा रहने देखाएको छ।
‘बीएमसी पब्लिक हेल्थ’को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन्– यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्यान्सरको खतरा बढाइदिन्छ।
रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको खतरा बढी हुनसक्छ।
उक्त अनुसन्धानमा सहभागी अनुसन्धानकर्ताहरूले क्यान्सर रिसर्च यूकेको क्यान्सरको खतरामा आधारित तथ्याङ्कहरूको प्रयोग गरेका हुन्।
त्यसका साथै उनीहरूले सुर्ती र रक्सीका कारण हुने क्यान्सर रोगीहरूको तथ्याङ्कको पनि अध्ययन गरेका थिए।
स्तन क्यान्सरको अनुसन्धान गर्ने डा. मिनौक सोमेकरले भने, ‘अनुसन्धानले रोचक कुराहरू अगाडि ल्याएको छ तर त्यसको तस्बिर स्पष्ट छैन।’ बीबीसीको सहयोगमा
प्रतिक्रिया