काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णयहरु यस्ता छन्
कार्तिक भुटानमा आगामी कार्तिक १८ देखि २१ गतेसम्म आयोजना हुने जेन्डर इक्वालिटी सोसल इन्क्लूजन फ्रेमवर्क विषयमा सम्मेलनमा सहभागि हुन राष्ट्रिय योजना आयोगका माननीय सिंहलाई स्वीकृति प्रदान गर्ने ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मिति २०७९ भदौं २० गतेदेखि २३ गतेसम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृति दिने ।
कोरिया रोजगारीबाट फर्किएका श्रमिक कामदारहरुको स्थिर पुनएकीकरण सम्बन्धि आयोजना संचालनका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अनुदान सहायता स्वीकृत गर्ने ।
निजीकरण समितिको सदस्यमा माननीय राजेन्द्रकुमार केसी र माननीय कृष्णलाल महर्जनलाई मनोनयन गर्ने ।
२०७९ असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा हुने एसियाली विकास बैंकको बोर्ड अफ गभर्नसको ५५ औं बार्षिक बैठकमा भाग लिन माननीय अर्थमन्त्रीको नेतृत्वमा सहभागि हुन स्वीकृति दिने ।
नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तर सरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि वार्ता टोली गठन गर्ने ।’
प्रतिक्रिया