फिदिम । फिदिममा आयोजित कविता प्रतियोगितामा सञ्चारकर्मी कमल घिमिरे प्रथम हुनुभएको छ ।
रेडियो बिएसी र कोर्काली अध्ययन केन्द्रको संयुक्त आयोजनामा २०७८ चैत्र २२ गते देखी बैशाख ९ गते सम्म प्रतियोगिता सञ्चालन गरेको थियो ।
१६ जना प्रतिस्पर्धी रहेको प्रतियोगिता दुई चरणमा गरिएको थियो । पहिलो चरणमा प्रतिस्पर्धीले लेखेको कविता वाचन गरी उत्कृष्ट १० मा जाने र दोस्रो चरणमा शिर्षक दिएर निर्धारित समयमा कविता लेखी वाचन गर्न लगाइएको थियो ।
प्रतियोगितामा सान्त्वना पवन अधिकारी, तृतिय दिपक ढुंगाना, द्वितिय कञ्चन राइ हुनुभएको छ । प्रथम द्वितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश १० हजार, पाँच हजार, ३.तीन हजार र दुई हजार नगद सहित प्रमाण पत्र प्रदान गरीएको छ ।
कविता पढौं, कविता बचाऔँ’ भन्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा साहित्यकार तथा कवि प्रेम ओझा, लक्ष्मी ढुंगाना र भवानी तावा निर्णायक भूमिकामा रहनुभएको थियो । जिल्लामा कवितालाई जागरण गर्नको लागी प्रतियोगिताको आयोजना गरिएको कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रबिन कोर्कालिले बताउनुभयो ।
नेता ज्यू लाई स्वागत छ
आउनुहोस नेता ज्यु हाम्रो गाउँमा स्वागत छ
खै कुन चुनाव जितेर जानु भाथ्यो
जनताको मन जितेर जानु भाथ्यो
नैतिकताकोे सिमा मिचेर जानु भाथ्यो
आफ्ना कार्यकर्ता पोसेर जानु भाथ्यो
गरेका वाचा घोकेर जानु भाथ्यो
समस्याको पोको बोकेर जानु भाथ्यो
एउटा चुनाव पछी अर्को चुनाव ढुकेर आउनुभाछ
आउनुहोस नेता ज्यु हाम्रो गाउँमा स्वागत छ…………..
खुसी छौँ नेता ज्यु, हर क्षेत्रमा तपाईँले नै जित्नुभो
चुनाव जित्नु भो,विकास नगर्ने बाजी जित्नुभो
बलत्कारीको मन जित्नुभो,नखुलेको कालो धन जित्नुभो
भ्रस्ट प्रतियोगीता जित्नुभो,भाउ बढाउने कसरत पनि जित्नुभो
सुनको लुकाछीपी जित्नुभो,अपराधी लुकाउने खेल जित्नुभो
रौसीको झोल जित्नुभो, युवतिको मोल तोकेर जित्नुभो
करोडौँको कमिसन जित्नुभो,लाज पचाउने स्वभाव जित्नुभो
यस्ता महान खेलाडी हाम्रै ठाउँमा आउनुभाछ
आउनुहोस नेता ज्यु हाम्रो गाउँमा स्वागत छ…………..
तपाईँ नहुँदा कसैको गाँस बासै रोकीएको छ
साँइलीको भट्टिमा भोटे ताल्चा ठोकीएको छ
गाउँका खसी कुखुराले तपाइँलाइ नै पर्खिएका छन्
चुनाव तिर खाएको मुख अझै रसाउँदै छन्
तपाईँको पछी लागेका खुट्टाहरु अझै झमझमाउँदै छन्
तपाईँको तमसा हेरेर छिमेकी बेस्मरी रमाउँदै छन्
धन्न नेता परमेश्वर घुमीफिरि हाम्रै ठाउँमा आउनभाछ
आउनुहोस नेता ज्यु हाम्रो गाउँमा स्वागत छ…………..
गाउँ ख्याउटे भो, तपाईँ दरै मोटाउनु भएछ
गाउँ गरिब भयो, तपाईँ धनि हुनु भएछ
तपाइँलाई सबैले चिन्छन, गाउँलाइ कसैले चिन्दैनन्
गाउँमा विकास भएन,तपाईको राम्रै विकास भएछ
गाउँको मुहार फेरिएन, तपाईको कलकलाउँदो भएछ
चुनाबी घोषणा हामीले बिर्सेनौं ,तपाईले बिर्सनुभएछ
आफन्त मात्र सम्झनुभयो, हामीलाइ सम्झनुभएन
आज त्यही अनुहार लिएरहाम्रा ठाउँमा आउनुभाछ
आउनुहोस नेता ज्यु हाम्रो गाउँमा स्वागत छ…………..
प्रतिक्रिया