काठमाडौं । पाँचथर–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधिसभामा पाँचथरबाट विजयी हुनुभएका पूर्व मन्त्री तथा सांसद बसन्तकुमार नेम्बाङलाई सम्मान तथा बधाई ज्ञापन गरेको छन् ।
काठमाडौंको बानेश्वर स्थित थापागाउँमा रहेको कृष्णभोग पार्टी प्यालेसमा आज एक कार्यक्रमका बिच सम्मान तथा बधाई दिइएको हो । नेम्बाङलाई नेकपा(एमाले) उपमहासचिव तथा गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा बोल्दै निर्वाचित सांसद नेम्बाङले चौतर्फी घेराबन्दिको समयमा पनि आफुलाई जिताएको पाँचथरबासी सँग खुसि व्यक्त गर्नुभयो । उहाँले पाँचथरबासीलाई धन्यबाद दिदै भन्नुभयो जिल्लाका सम्पुर्ण पार्टी नेता कार्यकर्ताको अथक प्रयासले जित सम्भव भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपमहासचिव गुरुङले नेम्बाङलाई जिताएर पठाएकोमा पाँचथरबासीलाई धन्यबाद दिनुभयो । उहाँले नेम्बाङको प्रसंसा गर्दै भन्नुभयो उहाँ भिजन भएको नेता हो, उहाँले तत्कालिन प्रधानमन्त्री केपी ओलीको सरकारका मन्त्रालयमा मन्त्री भएको समय सर्वत्र प्रसंसा भएकोसमेत स्मरण गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यहरु डम्बरसिंह सम्बाहाम्फे, अइन्द्रसुन्दर नेम्बाङ, प्रदेश कमिटी सदस्यहरु कृष्ण कुमार आङ्देम्बे, शान्तिराम न्यौपाने, जनसांस्कृतिक महासंघकी उपाध्यक्ष भूमिका सुब्बा, नेकपा (एमाले) जिल्ला कमिटीका उपाध्यक्ष धनकुमार फियाकलगायतले बधाई मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका पृथ्वी सुब्बा गुरुङ सहित अतिथिद्वय डम्बरसिंह सम्बाहाम्फे र अइन्द्रसुन्दर नेम्बाङलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष दिनेस खतिवडाको अध्यक्षता सम्पन्न भएको हो ।
प्रतिक्रिया