Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कोरिया जान भाषा सिक्दै आमाहरू « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कोरिया जान भाषा सिक्दै आमाहरू

चिन्तन खबर

पाँचथर । पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुग्नुहुन्छ। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थाल्नुभएको हो ।

सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) पनि भाषा सिक्न बिहान ६ बजे फिदिमको सेवारो कोरियन भाषा केन्द्रमा पुग्नुहुन्छ ।। स्नातक तहसम्म अध्ययन गरेकी लिम्बू नेपालमा रोजगारीको सम्भावना नदेखेर कोरियन भाषा पढ्न थाल्नुभएको हो ।

उहाँले घरव्यवहार धान्नकै लागि श्रीमान् खाडी मुलुक गएको बताउनुभयो। भाषा परीक्षा पास भए छोरीलाई माइतमै छोडेर कोरिया जाने योजनामा उहाँको छ ।

बिन्दुले भन्नुभयो, “यहाँ जति दुःख गरे पनि सम्भावना छैन, एक पटक कोरिया छिर्न पाए एक पुस्ता पुग्ने कमाइएला भनेर यतातिर लागेँ।” कोरियाको चक्करमा रहेकी सरु मगरका पति वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको पाँच वर्ष भयो। “अहिले कार्यरत कम्पनीमा सोचेजस्तो कमाइ नभएपछि भाषा पढेर कोरिया जानुस् भन्दा म पास गर्न सक्दिनँ तिमी पढेर जाऊ म आएर छोरी र व्यवहार सम्हाल्छु भनेपछि इन्स्टिच्युट धाउन थालेकी हुँ,” सरु भन्नुहुन्छ।

पाँचथरको फिदिममा सञ्चालन भइरहेका कोरिया भाषा सिकाइ केन्द्रहरूमा भेटिने सरु र बिन्दु वैदेशिक रोजगारीको चक्करमा रहेका महिलाको प्रतिनिधि पात्र हुन्।

यहाँ सञ्चालित पाँचवटा सिकाइ केन्द्रमा भाषा पढ्नेहरूको लाममा भेटिने १७ देखि ३५ वर्ष उमेर समूहका महिलामध्ये प्रायः नेपालमा रोजगारी नपाइने र पाइहाले घरव्यवहार धान्नै कठिन हुने देखेर यसतर्फ आकर्षित भएको बताँउछन्।

फिदिमको एक लघुबित्त कम्पनीमा काम गरिरहेकी २२ वर्षीया अल्का लिम्बू यहाँको आम्दानीले पेट पाल्नै मुस्किल परेकाले कोरियन भाषा सिक्न सिकाइ केन्द्र धाउन थालेको बताइन्।

“रोजगारदाता वित्तीय संस्थाले दिएको लक्ष्य पूरा गर्न रातोदिन खट्छु, महिना मर्दा पाएको पारिश्रमिकले व्यवहार धान्नै कठिन, रोजगारीका अरू सम्भावना छैनन्, विदेश नगएर के गर्ने ?” उहाँले भन्नुभयो ।

फालेलुङ–२ की १७ वर्षीया अम्बिका अधिकारी पनि कोरियन भाषा सिकिरहनुभएको छ । सिद्वकाली मावि कक्षा १२ मा अध्ययनरत उनी तीन महिनादेखि सदरमुकाममा डेरा लिएर बिहान कोरियन भाषा र दिउँसो विद्यालयको कोर्स ट्युसन पढ्छन्।

गाउँठाउँका अग्रज धेरै पढेलेखे पनि जागिर नपाएर भौँतारिनुपरेको, सानोतिनो जागिरका लागि पहुँचमा भएका नेता र आफन्त गुहार्नुपरेको देखेर बेलैमा विकल्प खोज्न थालेको उनले बताए । यो समाचार गोरखपात्र दैनिकमा छ ।

आजको गोरखपात्र दैनिकमा पाँचथरकी संम्बाददाता राधा लुइँटेलले  यो समाचार लेख्नुभएको हो ।