पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका –७ स्थित प्रेम पन्थाकको घरमा आगलागीमा परि दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ–५ का श्रण पन्थाक छोरा वर्ष ५ का सेसेहाङ पन्थाक र फिदिम ५ का सन्तोष खातीको छोरा वर्ष ४ का निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हरि खतिवडाका अनुसार शुक्रवार अपरान्न पन्थाकको घरमा आगलागी भएको हो ।
खरले छाएको घरमा आगलागि भएको र घरका अन्य सदस्य काममा बाहिर गएको बेला आगलागी भएको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया