Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
आज अन्तर्राष्ट्रिय नारी दिवस, कस्तो छ इतिहास ? « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

आज अन्तर्राष्ट्रिय नारी दिवस, कस्तो छ इतिहास ?

चिन्तन खबर

काठमाडौं। आज ११३औ अन्तर्राष्ट्रिय नारी दिवस । यो दिवस नेपालमा पनि विविभि कार्यक्रमको आयोजना गरि मनाइदैछ ।

नारी दिवस हरेक वर्षको मार्च ८ मा विश्वभर मनाइदै आएको छ । यो दिवसलाई नेपालमा पनि महिलाहरुले जागरुकता सम्बन्धि विविध कार्यक्रम गरि मनाउँदैछन् ।

राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । नारी दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । नारी दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।

नारी दिवसको इतिहास

नारी दिवस सर्वप्रथम संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा मनाएको सुरुवाती इतिहास छ ।

उक्त पार्टीले सर्वप्रथमसन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवसका रुपमा यसलाई मनाएको थियो ।

त्यसपछि यो दिवसलार्य फेब्रुअरिको अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको इतिहास छ ।

उक्त समय यसको प्रमुख उदेय महिलाहरूलाई मताधिकार दिनु थियो । त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन।

१९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे। यो हड्ताल पनि ऐतिहासिक थियो। त्यसपछि अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो ।

सो समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो । र, बाँकी धेरैजसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। यी दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जबकी ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो।

त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो। नेपालमा भने नारी दिवस प्रजातन्त्र प्राप्तिसँगै मनाउन थालिएको हो । सन् १९५० अर्थात् वि।सं। २००७ देखि नै नेपालमा नारी दिवस मनाउन थालिएको हो ।