पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा एसले सचिवाल बैठक बोलायो

चिन्तन खबर

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालयको बैठक डाकेको छ । १२ बजेका लागि बैठक डाकिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटे लगतै समाजवादीले बैठक बोलाएको हो । आवश्यक निर्णय लिन र मन्त्रीहरुको विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।

एकीकृत समाजवादीका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए ।