Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
आइपिएलः १२ रनले लखनउ पराजित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

आइपिएलः १२ रनले लखनउ पराजित

चिन्तन खबर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ।

गएराती एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा लखनउले चेन्नईलाई १२ रनले हराएको हो । यस अघि चेन्नईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो र खेल १२ रनको झिनो अन्तरले हार्न पुग्यो ।

लखनउका लागि ओपनर कायल मेयर्सले ५३ रन ,निकोलस पुरनले ३२ रन ,मार्कुस स्टोईनसले २१ रन तथा आयुष बदोनीले २३ रन बनाए । कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए ।

चेन्नईका लागि मोईन अलिले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।