काठमाडौं । शुक्रबार भएको नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी युनियनको निर्वाचनमा शिवराज जैशीको प्यानल विजयी भएको छ ।
आधिकारिक कर्मचारी यूनियन नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनका लागि शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा जैशीसहित उपाध्यक्षमा सोनू केसि, सचिवमा राजु रिजाल, कोषध्यक्षमा मनोज पौडेल विजयी हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सागर कुमार भट्टराई, निरु कुमारी लेखक, राधेश्याम मल्लले जित हासिल गर्नुभएको हो ।
निर्वाचन समितिले घोषणा गरेको मत परिणामअनुसार यूनियन अध्यक्षमा जैशीले प्रतिस्पर्धी कैलाश कार्कीलाई २० का विरुद्ध २३ मत ल्याउँदै हराउनुभएको हो ।
यस्तै कार्की समूहबाट उपाध्यक्षमा सरिता ज्ञवालीले १३ मत ल्याउँदा जैशी समूहबाट बिजयी हुनुभएकी सोनू केसिले २९ मत हासिल गर्नुभएको छ ।
यसैगरी सचिवमा बिजयी हुनुभएका राजु रिजालले ३१ मत ल्याउनुभएको छ । भने प्रतिस्पर्धी धमेन्द्र मेहताले १२ मत हासिल गर्नुभयो । रिजालले सबैभन्दा धेरै मत ल्याएर लोकप्रिय भोट हासिल गर्नुभएको छ ।
कोषाध्यक्षमा जैशी समूहबाटै मनोज पौडेलले २६ मत ल्याएर जित हासिल गर्नुभएको छ त्यस्तै उहाँका प्रतिस्पर्धी नवराज पुरीले १७ मत पाउनुभयो ।
यस्तै सदस्यहरुमा सागर कुमार भट्टराईले २६ मत, निरु कुमारी लेखकले २१ मत र राधेश्याम मल्लले २८ मत ल्याउनुभएको छ । तीनैजना जैशी समूहबाट चुनावी प्रतिस्पर्धामा हुनु्हुन्थ्यो ।
निर्वाचनमा कुल ४३ मत खसेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको(सेवा शर्त सम्बन्धी) विनियमावली,२०७६ अनुसार युनियनमा सहभागी हुने र मतदान गर्ने अधिकार सहायक निर्देशक र सो भन्दा मुनिका कर्मचारीहरुलाई रहेको छ।
पुनः प्रकाशित समाचार
प्रतिक्रिया