काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति बेगर गठबन्धनदलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादीं)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेपछि नेकपा(एमाले) सरकारबाट बाहिरीएको छ ।
पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
कार्कीले शुक्रबार गठबन्धन दलहरु माओवादी र नेकपा एसबाट मन्त्री नियुक्ति गरेको थिए ।
आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।
राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन ।
प्रतिक्रिया