Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
झापामा एकीकृत समाजबादीलाई ठुलो धक्का, २७५ समर्थकले गरे पार्टी परित्याग « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

झापामा एकीकृत समाजबादीलाई ठुलो धक्का, २७५ समर्थकले गरे पार्टी परित्याग

चिन्तन खबर

काठमाडौं । झापामा नेकपा (एकीकृत समाजवादी)लाई ठूलो धक्का परेको छ । शनिबार केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वासहित २७५ समर्थकले पार्टी परित्याग गरेको घोषणा गरेसँगै नेकपा (एस) झापालाई धक्का परेको हो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य कन्दङ्वासहित केन्द्रीय सल्लाहकार समिति गोपिचन्द्र गिरी, झापा जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कडेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘पार्टी स्थापना कालदेखि नै सैद्धान्तिक र र वैचारिक दृष्टिकोण, पद्धतिगत र प्रवृतिगत दृष्टिकोणका साथै व्यवहारिक र आर्थिक दृष्टिकोणले पनि पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको र भविष्यमा पनि प्रमाणित गर्न नसक्ने र पछिल्लो समय एमसीसीजस्तो राष्ट्रघाति अमेरिकी परियोजनालाई संसदबाट पास गर्न सहयोग पुर्याई नवप्रतिगामी कित्तमा राखेको हुनाले एक राष्ट्रवादी नागरिकको हैसियतले पार्टीमा बसिरहन नैतिक रुपले नमिल्ने ठहर गर्दै पार्टी परित्याग गरका हौँ,’ बिज्ञप्तिमा भनिएको छ ।

कन्दङ्वा झापाका पुराना बामपन्थी नेता हुन् । उनी यसअघि एमाले विभाजित हुँदा माधव नेपाल पक्षमा लागेका थिए । सोही समय उनलाई माधव नेपालले केन्द्रीय सदस्यको जिम्मेवादी दिएका थिए ।