पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तालमेलको निर्णयअघि नै कांग्रेस कार्यकर्ताले थाले विद्रोह

चिन्तन खबर

फिदिम । नेपाली कांग्रेस एक्लैले निर्वाचन जीत्न सक्ने आधार भएका वडाहरु गठबन्धनका अन्य दललाई दिई चुनावी तालमेल गर्ने निर्णय हुन थालेको थाहा पाएपछि पाँचथरमा कांग्रेस कार्यकर्ताहरुले विद्रोह थालेका छन् । उनीहरुले निर्णय नसच्याए स्वतन्त्र उम्मेद्वारी दिने तयारी थालेका छन् ।

चुनावी तालमेलका क्रममा नेकपा (माओवादी केन्द्र)ले वडाध्यक्ष पाउने बुझेपछि कांग्रेस हिलिहाङ–५ वडा कार्यसमिति उक्त निर्णय अस्वीकार गर्ने जनाएको छ । काँग्रेस वडा कार्यसमितिले हिँजो प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष माओवादी केन्द्रले पाउने निर्णयप्रति खेद प्रकट गर्दै निर्णय स्वीकार्य नभएको जनाएको छ ।

वडा कार्यसमितिका सभापति मानबहादुर योङहाङ तथा सचिवद्वय वीरवहादुर उभरकोटी र सावेल पदालुङले प्रेस विज्ञप्ति जारी गर्दै वडा कार्यसमितिले वडाध्यक्षको उम्मेद्वार समेत टुङ्गो लगाइसकेको तथा वडामा कांग्रेसकै मतभार बढी रहेको अवस्थामा विना विश्लेषण माओवादी केन्द्रलाई वडाध्यक्ष दिइएको भन्दै आपत्ति जनाएका हुन् । उक्त निर्णय लोकतन्त्रप्रेमीहरु भावना विपरित रहेको भन्दै कांग्रेस वडा कार्यसमितिले निर्णय अविलम्ब सच्याउन माग गरेको छ ।

काँग्रेसको आधारक्षेत्र मानिने हिलिहाङ–५ सुभाङ सहित हिलिहाङ–४ को समेत वडाध्यक्ष नपाउने भएपछि काँग्रेस कार्यकर्ताहरु असन्तुष्ट बनेका हुन् । काँग्रेससम्वद्ध स्रोतअनुसार हिलिहाङ–५ मा काँग्रेसले युवा नेता खगेन्द्र योङहाङलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको थियो ।

यस्तै हिलिहाङ–४ मा गत निर्वाचनमा वडाध्यक्षमा पराजित टेकराज योङहाङ वडाध्यक्षका प्रवल दाबेदार हुनुहुन्थ्यो । योङहाङले राम्रो मत प्राप्त गर्ने स्थान नेकपा (एकीकृत समादवादी)को भागमा परेको भन्दै काँग्रेस कार्यकर्ता रुष्ट बनेका छन् । यद्यपि तालमेल गर्ने विषयमा पाँचथरमा सत्तारुढ गठबन्धन दलहरुको औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन् ।