Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
 ‘नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२’ का लागि आवेदन आह्वान    « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

 ‘नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२’ का लागि आवेदन आह्वान   

चिन्तन खबर

काठमाडौँ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०२२ का लागि सञ्चालन गर्ने नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरेको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड कनिष्ठ र वरिष्ठ गरी दुई विधामा आयोजना गरिनेछ । जसअन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले कनिष्ठमा आवेदन दिन सक्नेछन् । कक्षा ११–१२ का विद्यार्थीले वरिष्ठमा आवेदन दिनसक्ने पनि उहाँले बताउनुभयो । ओलम्पियाडको पहिलो चरण÷छनोट परीक्षा प्रादेशिक चरणका रुपमा यही मे ७, २०२२ (वैशाख २४, २०७९) शनिबार अपराह्न १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ । इच्छुक विद्यार्थीले आवेदन फाराम आफूलाई पायक पर्ने सम्बन्धित प्रदेशका सोसाइटीले तोकेका संयोजकलाई बुझाउन सक्नेछन् ।

प्रदेश चरणमा गरिएको प्रदर्शनका आधारमा दोस्रो चरण अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइनेछ । यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत् सहभागी विद्यार्थीलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोपिÞmसिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ । कार्यक्रमको आवेदन फाराम तथा त्यससम्बन्धी सम्पूर्ण जानकारी धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचन÷यथिmउष्बम मा उपलब्ध छ ।कार्यक्रमसम्बन्धी जिज्ञासा तथा थप जानकारीका लागि सोसाइटीको मोबाइल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सकिने पनि अध्यक्ष भट्टराईले बताउनुभयो ।