फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा पाँच जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दका सहायक निर्वाचन अधिकृत निर्मल तुम्रोकका अनुसार अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलसोर चेम्जोङ, नेपाली काँग्रेसका वृजहाङ आङदेम्बे, नेकपा (एमाले)का वीरबहादुर कुरुम्बाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्जुन चेम्जोङ र राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रकुमारी चेम्जोङ, नेकपा (माओवादी केन्द्र)का ठाकुरसिंह नेम्वाङ, जनता समाजवादी पार्टीका बविता नेम्वाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सर्मिला बम्जनले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
सात वटा वडा रहेको फाल्गुनन्दमा सात जना वडाध्यक्षका लागि २४ जनाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । यस्तै प्रत्येक वडामा एक/एक गरी सात जना महिला वडा सदस्य पद १६ जना, दलित महिला वडा सदस्य पदमा १५ जना उम्मेद्वार बन्नुभएको छ । यस्तै प्रत्येक वडामा दुई/दुई जनाका दरले १४ जना वडा सदस्य पदका लागि ३५ जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
फाल्गुनन्दमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीवीच चुनावी तालमेल भएको छ भने नेपाली काँग्रेस नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् ।
प्रतिक्रिया