काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ ।
यही प्रभाव रहदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
प्रतिक्रिया