Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
दिवङ्गत लिलाराजका सपना पूरा गर्न चुनावी मैदानमा होमिएका २४ वर्षे सुजन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

दिवङ्गत लिलाराजका सपना पूरा गर्न चुनावी मैदानमा होमिएका २४ वर्षे सुजन

चिन्तन खबर

फिदिम । बेलाबखत देखा पर्ने गरेका विकृतिले निकै कम मात्रै युवाहरुलाई राजनीतिमा आकर्षण गरिरहेको छ । समाजको रुपान्तरण र विकासका आधारस्तम्भ भएपनि युवाहरु पूर्णकालीन राजनीतिमा निकै काम मात्रै भेटिन्छन् । ‘खुट्टा तान्ने’ र ‘हत्तपत्त विश्वास नगर्ने’ सामाजिक परम्पराले राजनीतिमा लागेका युवाहरु पनि राजनीतिबाट पलायन हुने क्रम चलिरहेकै छ ।

मुलुक यतिबेला दोस्रो स्थानीय तहको निर्वाचनको सम्मुखमा छ । देशैभर चुनावी माहोल तात्तिएको छ । सबै दलका नेताहरु कार्यकर्ताहरु गाउँगाउँ भोट माग्न व्यस्त छन् । त्यहि ब्यस्ततामा आफूलाई पूर्णकालीन राजनीतिमा होमेका फिदिम–५ का २४ वर्षीय सुजन तुम्बापो पनि भेटिनु हुन्छ । चुनाव आएर मात्रै होइन, राजनीति र समाजसेवामा सधैँ सक्रिय हुन्छु भन्ने दृढ विश्वास लिनुभएका लक्का जवान तुम्बापोलाई नेकपा (एमाले)ले फिदिम–५ को वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

२०५५ चैत १५ गते फिदिम–५ (साविक चोकमागू) मा जन्मनुभएका तुम्बापो किशोरावस्थादेखि नै राजनीतिमा चासो राख्नुहुन्थ्यो । बुबा भोजमान तुम्बापो र आमा कान्छीरानी लावती (तुम्बापो)का कान्छा छोरा सुजनले सरल र मिजासिलो स्वभावका कारण छोटो समयमा नै राजनीतिक छलाङ मार्नुभएको छ । वडामा सबैको लोकप्रिय ब्यक्तित्वको छबि बनाएपछि सांगठानिक इमान्दारिता, निरन्तरता र लगनशीलताका कारण उहाँलाई एमालेले वडाध्यक्षको उम्मेदवार चुनेको छ ।

तुम्बापो एमाले फिदिम नगर कमिटीको सदस्य, राष्ट्रिय युवा संघ नेपाल पाँचथरको जिल्ला सचिवालय सदस्यको जिम्मेवारी हुनुहुन्छ । राजनीतिमा चासो राख्दै सक्रिय हुने क्रममा वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनले भने उहाँलाई राजनीतिक सक्रियतामा जोडेको थियो । बाल्यकालदेखि नै निकै नजिकको सम्बन्ध र राजनीतिमा अभिभावकीय भूमिका दिने लिलाराज तुम्बापो पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाटै वडाध्यक्षको उम्मेदवार भएपछि सुजन उहाँलाई विजयी गराउन अहोरात्र खटिनु भयो ।

लिलाराजलाई विजयी गराउन अथक मेहनत गर्नुभएका सुजन वडाध्यक्षको निकट सहयोगी एवम् असल साथीका रुपमा रहनुभएको थियो । लिलाराज वडाध्यक्ष बनेपछि वडामा विकास निर्माणका प्रशस्तै कामहरु अगाडि बढेका थिए । झिनो मतान्तरले विजयी भएपनि लिलाराजको स्पष्ट दृष्टिकोण र लगावले वडामा धेरै महत्वपूर्ण कामहरु पनि हुदैँ थिए ।

लिलाराजलाई विजयी गराउन अथक मेहनत गर्नुभएका सुजन वडाध्यक्षको निकट सहयोगी एवम् असल साथीका रुपमा रहनुभएको थियो । लिलाराज वडाध्यक्ष बनेपछि वडामा विकास निर्माणका प्रशस्तै कामहरु अगाडि बढेका थिए । झिनो मतान्तरले विजयी भएपनि लिलाराजको स्पष्ट दृष्टिकोण र लगावले वडामा धेरै महत्वपूर्ण कामहरु पनि हुदैँ थिए ।

तर दुर्भाग्य – २०७६ चैतमा लिलाराजको अल्पायुमा निधन भएको थियो । फिदिम–५ मात्रै होइन्, उहाँको निधनले सिङ्गो जिल्ला नै स्तब्ध भयो । विकास निर्माणका कार्यहरुदेखि सामाजिक सक्रियता एवम् रुपान्तरणको अभियानमा गम्भीर ठेस लाग्यो । “काका (दिवङ्गत लिलाराज) वितेपछि रफ्तारमा अगाडि बढेका धेरै काम रोकिए”, सुजनले सम्झनुभयो ।

दुःख र पीडाहरु जे–जति भएपनि सम्हालिएर अगाडि बढ्नुको कसैसँग विकल्प थिएन । निकट सहयोगी हुनुका नाताले सुजनले मनमनै दिवङ्गत लिलाराजका सपना पूरा गर्ने अठोट एवम् सङ्कल्प राख्नुभयो । त्यसपछि उहाँको राजनीतिक क्रियाशीलता झनै बढेर गयो ।
“हामीमध्ये कसैले लिला काकाको सपना पूरा गर्नुपर्ने थियो”, सुजनले भन्नुभयो, “त्यहि सपना पूरा गर्ने गर्ने अभिभारा काँधमा बोकेर मैदानमा होमिएको छु ।”

दिवङ्गत लिलाराजको नजिकको सहयोगी हुनुका नाताले आफू वडाध्यक्षको हकदार र विगतका जिम्मेवारी पूरा गर्न जिम्मेवार बन्नु परेको सुजनको तर्क छ । “म बाहेक अरुले उहाँको सपना पूरा गर्न सक्दैनन् । त्यसमाथि फिदिम–५ लाई नमूना वडाका रुपमा विकास गर्न पनि मलाई वडावासीले जिम्मेवारी सुम्पनुहुन्छ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

“लिला काकाका अधुरा सपना पूरा गर्ने मेरो पहिलो सङ्कल्प छ”, सुजनको भनाई छ, “सँगसँगै वडामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन, खेलकुद, सञ्चार, खानेपानी, पशुपालन, सहकारी विकास, रोजगारी वृद्धि आदिमा धेरै काम गर्नु पर्नेछ ।”

“लिला काकाका अधुरा सपना पूरा गर्ने मेरो पहिलो सङ्कल्प छ”, सुजनको भनाई छ, “सँगसँगै वडामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन, खेलकुद, सञ्चार, खानेपानी, पशुपालन, सहकारी विकास, रोजगारी वृद्धि आदिमा धेरै काम गर्नु पर्नेछ ।” किशोरावस्थादेखि नै स्थानीय स्तरका समस्या र अप्ठयाराको समाधानमा सक्रिय सुजन वडावासीले वडाध्यक्षमा विजयी गराउनेमा ढुक्कजस्तै देखिनुहुन्छ ।

“धेरैले माया गर्नुभएको छ । कतिपयले उमेर नपुगेको भनेर नकारात्मक हल्ला पनि चलाउनु भएछ । तर राम्रो काम गर्ने उद्देश्य राखेको ब्यक्तिलाई सबैले साथ दिनुहुन्छ भन्ने मेरो विश्वास छ”, उहाँले भन्नुभयो । सुजनका मुख्य प्रतिस्पर्धीमा दिवङ्गत लिलाराजका समेत प्रतिस्पर्धी रहनुभएका नेपाली काँग्रेसका भरत तुम्बापो र जनता समाजवादी पार्टीका सुवास तुम्बापो चुनावी मैदानमा हुनुहुन्छ । फिदिम–५ साविक चोकमागू गाविसलाई समेटेर निर्माण गरिएको वडा हो ।