फिदिम । स्थानीय तहको दोस्रो निर्वाचन यहि ३० गते हुँदै छ । देशैभरी चुनावी माहोल तातिएको छ । हरेका सहर, गाउँ, टोल टोलमा स्थानिय तहको निर्वाचनको चर्चा छ । राजनीतिक दलहरु घर दैलो तथा विभिन्न सभाहरु सञ्चालन गरिरहेका छन् । पाँचथरमा पनि चुनावि माहोल पनि तातिएको छ ।
नेकपा (एमाले) फिदिम नगरपालिका–२ को उम्मेद्वार हुनुहुन्छ दिननाथ अधिकारी । उहाँ फिदिम नगरपालिका २ को वडाध्यक्षको उम्मेद्वार भइरहदा केही संकल्पसाथ अघि बढ्नु भएको छ । कृषि, पशुपालन, शिक्षा, एवं भौतिक पूर्वाधारका विषयलाई प्राथमिकतामा साथ अधि बढाएउनुभएको छ ।
बुबा बरपति अधिकारी र आमा पिंगला देवी अधिकारीको कोखबाट उहाँको २०२२ साउन २४ गते जन्म भएको हो । ६ जना सन्तान मध्ये साइला छोराका रुपमा जन्मनुभएका उहाँले २०४० सालमा एसएलसी पास गर्नुभएको हो ।
उहाँको राजनीतिको यात्रा वि.स. २०३६ सालबाट भएको हो । उहाँले २०३६ फिदिम माविको प्रारम्भिक कमिटीबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । त्यसपछि उहाँ एमालेको २ पटक फिदिम गाँउ कमिटी सदस्यको जिम्मेबारीमा रहनुभयो । १ पटक वडा कमिटी सचिवको जिम्मेबारी सम्हाल्नुभयो । त्यसपछि फिदिम नगरकमिटी उपाध्यक्ष २ पटक जिम्मेबारीमा बस्नुभयो ।
त्यसपछि एमाले पाँचथरको पार्टीको लेखा आयोगको सचिवालय सदस्य बन्नुभयो । उहाँ अहिले जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।
उहाँ राजनीतिमा मात्र हैन समाजसेवासमेत उतिकै काम गर्ने व्यक्तित्वको रुपमा चिनिनु हुँन्छ । उहाँले आफ्ना राजनीति यात्रासँगै अशक्त असहाय, गरिव तथा विपन्न व्यक्तिहरुलाई आर्थिक सहयोग समेत गर्नुभएको छ ।
उहाँले फिदिम २ का जनताले आफुलाई साथ दिए विकास कस्तो हुन्छ भनेर देखाउने प्रतिबद्धता गरेका बताउनुभयो । मलाई पक्कै साथ दिनुहुन्छ सुशासन के हो यसबारे जनताले प्रत्यक्ष बुझ्नुहुनेछ ।
पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सुकपाल तुम्बापोसँग हारेर पनि अधिकारीले त्यसबेलाका प्रतिबद्धता पुरा गर्नुभएको छ ।
उहाँले आफ्नै लगानिमा विभिन्न स्थानमा सडक समेत निर्माण गर्नु भएको छ । फिदिम नगरपालिका २ को तित्रिबोटे साम्दिन मोटरबाटो उहाँले आफ्नै लगानीमा निर्माण गर्नुभएको छ । त्यस्तै, ओदिन देखि दंगालगाउँ जाने बाटोपनि आफ्नै लगानीमा निर्माण गरेका हुन् ।
मेची हाइवे देखि नेपाल टेलिकमको टावर जाने बाटो (१ किलोमिटर) उहाँले निजी लगानीमा निर्माण गर्नुभएको छ । त्यस्तै मजिटेमा रहेको बालकेन्द्र सञ्चालनका लागि आर्थिक सहयोग, बास्बोटे खानेपानी आयोजनालाई आर्थिक समयोग, उद्योग बाणिज्यसँघ पाँचथरको भवन बनाउन आर्थिक सहयोगलगायत धेरै सहयोग गर्नुभएको छ । उहाँले कोरोना संक्रमणको समयमा वडाका विपन्न व्यक्तिहरुलाई सहयोग चामललगायत खाद्यान्न वितरण गर्नुभएको छ ।
उहाँले विगतका जनप्रतिनिधिहरुले केहि पनि विकासका विषयमा छनक दिन नसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘यदि आफुलाई वडा अध्यक्षमा निर्वाचित गराएमा आफुले गरेका सबै विषयबस्तुरुका विषमा जानकारी दिने छु ।’
२ नम्बार वडामा रहेको बसपार्क सञ्चालनमा ल्याउछु भनेर विगतको नेतृत्वले आफ्नो कार्यपत्र प्रस्तुत गरेको थियो २–२ पल्ट उद्घाटन गरियो तर सञ्चालनमा ल्याउन सकेनन् । फेरि यस पल्ट पनि उनीहरुले बसपार्क सञ्चालन गर्छौ भन्दै भुक्याउदै हिडेका छन् ।
२ नम्बार वडामा रहेको बसपार्क सञ्चालनमा ल्याउछु भनेर विगतको नेतृत्वले आफ्नो कार्यपत्र प्रस्तुत गरेको थियो २–२ पल्ट उद्घाटन गरियो तर सञ्चालनमा ल्याउन सकेनन् । फेरि यस पल्ट पनि उनीहरुले बसपार्क सञ्चालन गर्छौ भन्दै भुक्याउदै हिडेका छन् । जनताले कसरी पत्याउलान ? अधिकारीले बताउनुभयो । म यदि वडाबाट जितेर आएका् खण्डमा बसपार्क सञ्चालन गराएरै छोड्नेछु ।
उहाँले फिदिम २ का जनताले आफुलाई साथ दिए विकास कस्तो हुन्छ भनेर देखाउने प्रतिबद्धता गरेका बताउनुभयो । मलाई पक्कै साथ दिनुहुन्छ सुशासन के हो यसबारे जनताले प्रत्यक्ष बुझ्नुहुनेछ । पहिलो पटक वडाबाट निर्वाचितहरुले वडा विकास भन्दा वडाका विकासमा कामलाइै भताभुङ्ग पारेको उहाँको भनाई छ ।
प्रतिबद्धता
समृद्ध वडाको आधार
कृषि, पशुपालन, शिक्षा एवं भौतिक पूर्वाधार
आदरणिय फिदिम नगरपालिका वडा नं. ०२ निवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदिबहिनीहरुमा यहि २०७९ साल बैसाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको नेतृत्वमा हाम्रो सयुक्त टिमले वडाको सुशासन, विकास र समृद्धिको लागि प्रतिबद्धता एवं साझा दृष्टिकोण यहाँहरु समक्ष पेश गरेका छौं ।
शिक्षा
- वडा भित्र अवस्थित कालिका मावि, आर्दश आवि, दिपज्योती आवि र सुर्योदय आविमा आवश्यक्ता पहिचान गरि विद्यालयहरुको भौतिक निर्माण, प्रविधियुक्त शिक्षण सिकाई सामाग्री तथा जनशक्ती ब्यवस्थापन गरिनेछ ।
- वडा स्थित बालविकास केन्द्रहरुलाई बालमैत्री वातावरण एवं सिकाई सामाग्रीहरुको भरपुर ब्यवस्थापन गरिनेछ ।
- वडा अध्यक्षले प्राप्त गर्ने पारिश्रमिकबाट हरेक बर्ष यस वडा भिञका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिव विपन्न एवं जेहेन्दार छात्र छात्रालाइ पोशाक वितरण गरिनेछ ।
स्वास्थ्य
- वडाध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकबाट वडाका अति विपन्न २० परिवारको हरेक बर्ष स्वास्थ विमा गरिनेछ ।
- माध्यमिक तहमा नर्सको दरबन्धि कायम गर्न पहल गरिनेछ ।
- वडामा कार्यरत स्वयसेविकाहरुलाई थप प्रोत्साहन गरि स्वास्थ्य सेवालाई विस्तार गरिनेछ ।
- प्राथमिक स्वास्थ्य केन्द्र तालखर्कलाई आवश्यक्ता अनुसार स्तरउन्नती गरिनेछ ।
- कृष्ण मन्दिर डुम्रीबुटे स्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको मासिक रुपमा निशुल्क स्वास्थ्य चेकजाँच गरिनेछ । रोगको उपचारको लागि आवश्यक पहल गरिनेछ ।
- जिल्ला अस्पताल र अन्य निकायहरुको सहकार्यमा वडाबासीको लागि आँखा शिविर, दन्त सिविर लगायत अन्य स्वास्थ्य अभियानहरु संचालन गरिनेछ ।
लक्षित कार्यक्रम एवं सेवा प्रवाह
- फुसका छाना रहेका घर कटेराहरुलाई हटाई टिनको छाना लगाउने कार्यक्रम ल्याईनेछ ।
- दलित समुदायमा आवश्यक्ता पहिचान गरि सिलाई मेसिन तथा आधुनिक आरन भट्टी वितरण गरिनेछ ।
- अति विपन्न परिवारको नक्साङ्कन गरि उनिहरुको जिविकोपार्जन लागि उन्नत जातका सुगुर, बार्खा, गाई, बाछाबाछी एवं पाडापाडी वितरण गरिनेछ ।
- ७५ बर्ष भन्दा माथी उमेरका जेष्ठ नागरिक तथा अपाङगता भएका नागरिकलाई कामका लागि वडा कार्यालयमा आउने जाने कार्यमा निशुल्क यातायात सेवा दिईनेछ । जसका लागि १ सिटि ट्याम्पो स्ट्यानबाई राखि सेवा प्रवाह गरिनेछ ।
- वडा कार्यालयमा काम लिएर आउने सेवाग्राही नागरिकलाई आफ्नो आवश्यक कागजातको सामान्य फोटो कपी एवं प्रिन्ट गर्ने निशुल्क ब्यवस्था गरिनेछ ।
- महिला, दलित एवं विपन्न परिवारका लागि क्षमता विकास एवं सिपमूलक तालिम संचालन गरि शसक्तिकरण गरिनेछ ।
- वडा कार्यालय, फिदिम बसपार्क, रमिते भ्यू टावरलगायतका क्षेत्रमा फ्री बाईफाई सेवा प्रदान गरिनेछ ।
- वडाको बजेट विनियोजन सवैको समन्वय र सहकार्यमा गरिनेछ । बस्ती एवं टोलस्तरबाट आवश्यक्तामुखि योजनाहरु छनौट एवं प्राथमिकिकरण गरि गाँउसभाबाट अनुमोदन गरिनेछ ।
खानेपानी र सरसफाई
- वडा भित्र रहेका खानेपानीका मुहानहरुको संरक्षण गरि सवैघरधुरीमा स्वच्छ पिउनेपानीको सुविधा लाई ब्यवस्थित गरिनेछ। चलनचल्तिमा रहेका पुराना कुवा,धाराहरुलाई संरक्षण एवं ब्यवस्थापन गरिनेछ ।
- ओदिन टोलमा रहेको हात्तीसुढे खानेपानी योजनालाई ब्यवस्थित गर्न रिजर्भेयर ट्याक्की निर्माण गरि लाईन विस्तार गरिनेछ ।
- बतासे, मजिटे, गोपिनि तथा ठाडे क्षेत्रमा पिउनेपानीको मुहान पहिचान गरि पिउनेपानीलाई सहज बनाईनेछ ।
- पल्लोटारमा संचालनमा रहेको ह्याकूले फ्याक्चुवानी खानेपानी वितरणलाई सहजीकरण गरि थप ब्यवस्थीत एवं विस्तार गर्न पहल गरिनेछ ।
- फोहोर ब्यवस्थापन ल्याई उच्च प्राथमिक्ता दिई फोहोर ब्यवस्थापन गरिनेछ । नगरपालिका द्वारा संचालित फोहोर उठाउने ट्याक्टर तथा ट्रीफरलाई वडाका सवै बस्तिमा फोहोर उठाउने ब्यवस्था मिलाईनेछ ।
सडक एवं विकास पूर्वाधार
- साविक ०२ पल्लोटार नारायण प्रसाद बास्कोटाको घर हुदै जामुने खोल्सा – अर्मले भूवानी ओझाको घर हुदैं होक्मा खोला जोड्ने मोटरबाटोको स्तर उन्नतो गरिनेछ ।
- मेचि राजमार्ग – समर्पित अस्पताल देखि थाङ्साङग खोला कर्णाखरको घर जामुने खोल्सी हुदै वडा कार्यालय जाने मोटरबाटोको स्तर उन्नति एवं कालोपत्रे पहिलो बर्ष भित्रमा गरिनेछ ।
- ०२ नं. वडा कार्यालय देखि लाटीमरे हुदै कोले, आले, लोकि ढुङ्गा हुदै फिदिम नपा ०५ को कोलबोटे जोड्ने मोटरबाटोको ट्रयाक खोलिनेछ ।
- ओदिन ब्यारेक फ्यामेली क्वाटर चौरबाट ओदिन टावर हुदै तिरतिरे धारा जोड्ने मोटर बाटो स्तरउन्नती एवं कालोपत्रे गर्न नयाँ शहरी विकास आयोजना अन्तर्गत पहल गरिनेछ ।
- ओदिन तित्रीबोटे बास्बोटे साम्दिन पुछार हुदै……….खोला जाने मोटरबाटो पूर्ण रुपमा स्तर उन्नती गरि कालो पत्रे गर्न पहल गरिनेछ ।
- कृष्ण मन्दिर हुदै तालखर्क ठाडे जाने मोटरबाटो स्तर उन्नती गरि कालो पत्रे गर्न पहल गरिनेछ ।
- बतासे बाट मजिटे जाने मोटर बाटो स्तर उन्नती गरि कालोपत्रेको लागि पहल गरिनेछ ।
- चापाबोटे बाट ०२ नं. वडा कार्यालय जाने मोटर बाटो चौडा गरि स्तर उन्नती गरिनेछ ।
- वडा नं. ०२ मा रहेका सवै भिञी सडकहरु स्तरउन्नती गरिनेछ ।
- वडाका विभिन्न बस्ति एवं क्षेत्रका आवश्यक स्थानका लागि नयाँ ट्रयाक खोलिनेछ ।
- वडा नं. ०२ ठाडे, मजिटे `ञिकोण रिङरोड जोड्ने मोटरबाटो स्तर उन्नती गरीनेछ ।
- सामदिन पुछार चौतारो बाट कोले, आले, बाजागरा हुदै दंगालगाँउ जाने मोटरबाटोको ट्रयाक निर्माण गरिनेछ ।
- एक्लेबर देखि फिदिम ४ आहाले इटाभट्टा जाने बाटो स्तर उन्नती गरिनेछ ।
- एक्लेबर देखि सन्नेसीछाप मोटरबाटो स्तर उन्नती गरिनेछ ।
- जोरपिपल देखि गोतामे धारा हुदै फिदिम ०४ बुलबुले जोड्ने मोटरबाटो स्तर उन्नती गरिनेछ ।
- मुस्कान चौंक देखि फिदिम ०२ बसपार्क जोड्ने मोटरबाटो स्तरउन्नती गरि कालोपञे गरिनेछ ।
- सिंचाई छेउ थाङसाङ खोला देखि खेम ओझाको घर ठाडो गल्ली जोडिने मोटरबाटोलाई कालोपञे गरिनेछ ।
- मजिटे गैरीघर देखि लाग्तपा हुदै पारुहाङ स्कूल सम्म मोटरबाटोको ट्रयाक खोलिनेछ ।
- साविक फिदिम ०२ सानावर देखि कोले – पाँचघरे – फुस्रे हुदै वडा कार्यालय सम्म ट्रयाक खोलिनेछ ।
- मेचि राजमार्ग – कालुराम ग्यारेज – सिचाई कार्यालयहुदै फिदिम बसपार्क जाने सडकलाई पुनः कालोपञे गर्न संघिय एवं प्रदेश सरकार समक्ष पहल गरिनेछ ।
- मायालुमोड ईन्द्र ढुङ्गानाको घरबाट सौर्ये – ढाँडे जाने सडक स्तरउन्नती गरिनेछ ।
- ओदिन – सल्लेरी खड्ग लिम्बुको घर देखि सुकप्रसाद तुम्बापोको घर हुदै आशराज तुम्बापोको घर तर्फ जाने सडकको नँया ट्रयाक खोलीनेछ ।
- वडालाई नगरपालिकाकै समृद्ध एव ब्यवस्थित बसोबासयुक्त शहर निर्माणका लागि विज्ञहरुको समिति निर्माण गरि आवश्यक कार्यहरु थालनी गरिनेछ ।
कृषि
- मौसमी र बेमौसमी उन्नत बिउविजन निशुल्क र पारदर्शि किसिमले वितरण गरिनेछ ।
- वडामा उत्पादित कृषि सामाग्रीहरुको भन्डारण र बजारीकरणको ब्यवस्थापन गरिनेछ ।
- पशुपालन अन्तर्गत उन्नत जातका व्रिड ब्यवस्गापन गरि नश्ल सुधारगरी पशुजन्य उत्पादनमा बृद्धी गरिनेछ ।
- कृषि एवं पशुपालनका लागि प्रयोग हुने औजार, यन्त्र एव उपकरणहरु किसान एवं पशुपालकको लागि आवश्यत्ता अनुसार सहज एव पारदर्शि रुपमा वितरण गरिनेछ ।
- वडामा रहेका पोल्टि फंम, बंगुर पालन, गाई फंम जस्ता पशुपालन जन्य फंमहरुको लागि सहुलियजन्य र अनुदानजन्य कार्यक्रमको लागि प्रदेश र संघ सरकार संगको सहकार्यमा कार्यक्रम संचालन गरिनेछ।
सिचाई
- होक्मा खोलाबाट ढाडे जाने कुलोको स्तरउन्नती गरिनेछ ।
- होक्मा खोला, मजुवा खोला, खहरे खोला, जामूने तथा थाङसाङ खोलाबाट चल्ने सिचाई कुलोहरुलाई आवश्यक्ता अनुसार स्तर उन्नती गरिनेछ ।
यातायात
- फिदिम बसपार्क, पल्लोटारलाई पूर्ण रुपमा संचालनमा ल्याईनेछ । बसपार्क पुर्वाधारमा रहेका समस्याहरुलाई नयाँ सहर विकास कार्यालय मार्फत थप निर्माण र सुधार गरिनेछ ।
खेलकुद
- गोतामेधारामा रहेको ब्याटमिन्टन कोर्टलाई पक्कि निर्माण गरि नियमित खेल खेल्न र खेलाउन प्रोत्साहन गरिनेछ ।
- वडामा खेलमैदान नभएको हुदाँ प्रथमत जग्गा ब्यवस्थापन गरि खेलमैदान निर्माण कार्य गरिनेछ । साथै बहुउदेश्यीय खेलकुद कभर्डहल निमार्णको लागि पहल गरिनेछ ।
संस्कृती र पर्यटन
- सवै समुदाय र जातजातीहरुको चाडपर्व, घर्मसस्कृति मठ मन्दिर तथा सास्कृतिक चालचलनहरुलाई संरक्षण गर्न पहल गरिनेछ ।
- डुम्रीबोटे स्थित कृष्ण मन्दिरलाई फुलबारी निर्माण एवं ब्यवस्थापन गरि संरक्षण गरिनेछ।
- थाङसाङ खोलामा रहेको जल्पादेवी मन्दिरलाई थप ब्यवस्थित गरि संरक्षण गरिनेछ ।
- वडामा रहेका पर्यटकिय स्थलहरुको संरक्षण, प्रबर्द्धन एवं प्रचार प्रसार, गरि नगरको सुब्यवस्थित बडा निर्माणको आधार तयार गर्न पहल गरिनेछ ।
- वडाको बजेट विनियोजन कार्यमा विभिन्न भाषा एवं सस्कृतिको विकास र प्रबर्द्धनको लागि प्राथमिकिकरण गरि बजेट विनियोजन गरिनेछ ।
प्रतिक्रिया