पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायक गाउँपालिका-२ का वडाध्यक्ष शेर्माद्वारा दलित युवालाई ज्यान मार्ने धम्की

चिन्तन खबर

फिदिम । पाँचथरको कुम्मायक गाँउपालिका–२ का नव निर्वाचित वडा अध्यक्ष बालकृष्ण शेर्माले स्थानीय एक दलित युवालाई ज्यान मार्ने धम्की दिनुभएको छ । गठबन्धन (एकिकृत समाजबादी)का तर्फबाट वडाअध्यक्षमा निर्वाचित शेर्माले स्थानीय डिक बहादुर दर्जीलाई फोन गरेर मार्ने  धम्की दिनुभएको हो ।

आफ्नो पार्टीमा नलागेको र भोटसमेत नदिएको भन्दै शेर्माले धम्की दिएपछि पिडित युवाले प्रहरी समक्ष ज्यान बचाउन माग गर्दै जाहेरी दिनुभएको छ । पिडित युवाले आफ्नो ज्यान वडाध्यक्षबाट असुरक्षित भएको भन्दै माङ्जाबुङ प्रहरी चौकीमा उजुरी दिनुभएको हो ।

दर्जीले दिनुभएको जारहेरीमा भनिएको छ – ‘वडाअध्यक्षले फोन गरी तथानाम गालि गलौज गरी, अपमानजनक शब्दहरु प्रयोग गरी, तँ अर्को पार्टीमा किन लागिस । किन भोट दिइनस, अब राति केटाहरु पठाउँछु र तेरो ज्यान जे पनि हुनसक्छ भनि मलाई ज्यान मार्ने धम्किसमेत दिनुभएको छ ।’

वडाध्यक्षको उक्त धम्किले आफुलाई निकै डर लागेको पिडित दर्जिले बताउनुभयो । दर्जीले भन्नुभयो– ‘फोन आयो म त अरु नै केही काम होला भनेको त एकाएक गालि गर्दै ज्यान तलमाथि हुन सक्छ । केटाहरु पठाउछु पो भन्नु हुन्छ ।’

यता नेकपा(एमाले) कुम्मायक गाउँपालिका कमिटीलेसमेत आफ्नो कार्यकर्तालाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ । कमिटीले एक विज्ञप्ती जारी गर्दै उक्त विषयमा संलग्न वडाध्यक्षलाई कार्वाहि गर्न माग गरेको छ ।

एमालेले जारी गरेका विज्ञप्तीमा भनिएको छ – ‘वडाअध्यक्षको अभिव्यक्ति अपराधिक, अत्यन्त आपत्ति र निन्दनीय छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम हामी सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिकले सम्मानजनक बाँच्न पाउने र स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हक माथि नै खलल पुग्ने व्यवहारको घोर भत्र्सना गर्दछौं ।’