फिदिम । जिल्ला समन्वय समिति पाँचथरमा नयाँ समिति निर्विरोध चयन भएको छ । गठबन्धनमा निर्विरोध हुने भएपछि जिल्लामा ठुला नेताहरुका आफ्नै दाजुभाईलाई उम्मेद्वार बनाएका थिए ।
जिल्लामा कांग्रेका सह–महामन्त्री भिष्मराज आङ्देम्बेका सहोदर भाई रामराज आङ्देम्बे र उप प्रमुखमा माओवादी केन्द्रका सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’का सहोदर दाई याम कुमार आङ्बो निर्विरोध हुनुभएको छ ।
निर्विरोध हुने देखिएपछि आज गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवदी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले उम्मेद्धारी दर्ता थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमको जिसस निर्वाचन तालिका अनुसार आज विहिबार ९ जनाको उमेद्वारी दर्ता भएको हो । आयोगले विहिबार अपरान्ह ४ बजे सम्म दिएको मनोनयन पत्र–उमेद्वारी दर्ताको समयमा गठबन्धनका ९ जना उमेद्वारको मात्र उमेद्वारी दर्ता भएको जनाएको छ ।
आङदाम्बे नेपाली कांग्रेसबाट फाल्गुनन्द गाउँपालिका वडा नं. १ देखि निर्वाचित वडा सदस्य हुनुहुन्छ भने भने आङबो नेकपा (माओवादी केन्द्र)बाट फिदिम नगरपालिका वडा नं. ११ देखि निर्वाचित वडा सदस्य हुनुहुन्छ ।
पाँचथर जिससका लागि नेपाली कांग्रेसबाट प्रमुख सहित ४ सदस्य, नेकपा माओवादी केन्द्रबाट उपप्रमुख सहित ४ सदस्य र नेकपा एकिकृत समाजवादीबाट १ सदस्यमा सहमति गरि मनोनयन दर्ता गरिएको भएको थियो ।
सदस्यहरुमा नेपाली काग्रेसका डिलेन्द्र शेर्मा, टेकराज योङहाङ, हिमओती जबेगु, माओवादी केन्द्रका रिना गुरुङ, मणिकुमार थाम्सुहाङ, अमृतराई वान्तवा र एकिकृत समाजवादीका लेन्जु थाम्सुहाङको मनोनयन दर्ता भएको हो ।
मुख्य निर्वाचन अधिकृको कार्यालय फिदिमले जेठ २३ गते मतदानको समयतालिका प्रकाशित गरे पनि ९ जनाको मात्र मनोयन भएकोले सवै गठबन्धनका उमेद्वार निर्विरोध निर्वाचित भएका हुन् ।
८ स्थानीय तह रहेको पाँचथरमा नेपाली कांग्रेसले फिदिम नगरपालिकाको प्रमुख सहित ५ गाँउपालिकाको अध्यक्ष १ उपाध्यक्ष, माओवादी केन्द्रले १ अध्यक्ष ५ उपाध्यक्ष, एमालेले १ अध्यक्ष २ उपाध्यक्षमा विजय हासिल गरेको थियो ।
प्रतिक्रिया