गुल्मी । गुल्मीमा श्रीमतीलाई बलात्कार आरोपमा श्रीमान् पक्राउ परेका छन् । मदाने गाउँपालिका ४ निवासी २४ वर्षीय महिलाले आफ्नै श्रीमानविरुद्ध शनिवार उजुरी दिनुभएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती महिलाको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो । सो दम्पतीका दुई सन्तान छन् ।
प्रतिक्रिया