विराटनगर । उदयपुर र मोरङका छुट्टाछुट्टै स्थानबाट लागूऔषधस हित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका साढे ७ बजे चौदण्डीगढी नगरपालिका–६ रातमाटेमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका चौदण्डीगढी–६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाइजेपाम २९ एम्पुल बरामद गरेको हो ।
यसै गरी मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवामा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 38 V 3251 नम्बरको मोटरसाइकलमा सवार रहेका भारत अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया