Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
रुससँग लड्न थप सहयोग माग « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

रुससँग लड्न थप सहयोग माग

चिन्तन खबर

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गर्नुभएको छ ।

उहाँले बुधबार नेटाको सम्मेलनलाई सम्बोधन गर्दै सो माग गर्नुभएको हो । भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलिन्स्किीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकोले सोको लागि आग्रह गर्नुर्भएको हो ।

उहाँले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताउनुभयो । राष्ट्रपति जेलिन्स्किीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगत रुपमा सुरक्षाको आवश्यकता परेको बताउनुभयो ।

युक्रेनका धेरै सहरहरुमा रुसले आक्रमण जारी राखेको र उसका विरुद्ध लड्न युक्रेनलाई धेरै हातहतियार तथा आधुनिक प्रविधिको खाँचो रहेको भन्दै उहाँले सो सहयोगको खाँचो औँल्याउनुभयो ।

साथै उहाँले युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोगा आवश्यक रहेको पनि बताउनुभएको छ । रुसको म्याड्रिडमा यही जुन २८ देखि नेटोको सम्मेलन सुरु भएको छ । सो सम्मेलन जारी रहेको बताइएको छ ।