Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
लागूऔषध सहित चार जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

लागूऔषध सहित चार जना पक्राउ

चिन्तन खबर

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका–८ बाट २ जना, मोरङको बिराटनगर–१६ र पथरीशनिश्चरे नगरपालिका–४ बाट १/१ जना लागूऔषध सहित पक्राउ परेका छन ।

हिजो दिउँसो प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद अवस्थामा हिडिरहेका हतुवागढी–८ का २५ बर्षीय सुमोर राई र ४३ बर्षीय भक्तबहादुर थापालाई चेक जाँचको क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ६ सय मिलिग्राम, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्याप्सुल र स्पास्पेन ३४ ट्यावलेट सहित बरामद गरेको छ ।

यसै गरी मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–४ का २१ बर्षीय अमृत लिम्बूलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, स्पास्पेन ९७ ट्रयावलेट र प्रामोल ९० ट्यावलेट सहित पक्राउ गरेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१६ स्थित हुलास चौकमा जोगवनी भारतबाट नेपाल आउँदै गरेका धनकुटा पाख्रिवास नगरपालिका–४ का २२ बर्षीय विशाल लिम्बूलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल, एभिल १५ ऐम्पुल, नाइट्राभेट ९ ट्यावलेट सहित बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुमाथि थप अनुन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।