मोरङ । मोरङको पथरीशनिश्चरे–९ सगरमाथा चोकमा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
आज बिहान ९ बजे तेह्रथुम छथर गाउँपालिका–३ घर भई हाल पथरीशनिश्चरे–९ मा बस्दै आएका कुमार लिम्बूकी १९ महिनाकी छोरी स्नेहा लिम्बू आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटिई मृतकको शवलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल पठाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
प्रतिक्रिया