पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२ सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुखकै भरमा

चिन्तन खबर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ।

सामान्य ले शाखा अधिक त दरबन्दी रहेका १ सय ३० स्थानीय तहमा ‘कन्फर्म शाखा अधिकृत’लाई नपठाएर ‘जुनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

तीमध्ये अधिकांश कर्मचारी स्थानीय तहमा समायोजन भएर गएका अहेब तथा कृषि, शिक्षा, स्वास्थ्य, भेटेनरी सेवाका खरिदार तथा सुब्बा स्तरका कर्मचारी छन् ।

त्यस्तै, उपसचिव दरबन्दी रहेकामध्ये १ सय २५ स्थानीय तहमा कन्फर्म’को साटो निमित्तका रूपमा अधिकहरूलाई जिम्मेवारी दिइएको छ । जबकि, सिंहदरबारमा दर्जनौँ उपसचिव अझै पनि जिम्मेवारी नपाएर बरन्डामा समय बिताउन विवश छन् । आजको राजधानी दैनिकमा समाचार छ ।