मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय ३० बर्षीय फुलसरा ऋषिदेवको मृत्यु भएको छ ।
सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा ऋषिदेवलाई पोखरीमा मृत अबस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया