नयाँदिल्ली । भारतमा दुईवटा ठूला भवनमा आज बिस्पोटक पदार्थ पड्काएर भत्काइदै छ । भारतिय सञ्चारमाध्यमका अनुसार एपेक्स र सियान नामका ति भवनहरुलाई भत्काइन लागेको हो । आज दिउँसो १ सय मिट र ९७ मिटरका ती भवनहरु मापदण्ड विपरीत बनाइएकाले भत्काउन लागिएको हो ।
करिव ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका हुन् । भवन निर्माण गर्न करीव १३ वर्ष लागेको पनि जनाइएको छ । करिव ९ सेकेण्डमा ध्वस्त हुने जनाइएको छ ।
बिस्फोटका लागि बारूद राख्न भवनमा ९ हजार ६ सय ४२ वटा प्वाल बनाइएको छ। बारूदमा आगो लागेको पाँच सेकेन्डमै दुबै टावर ध्वस्त हुने बताइएको छ।
ती भवनको आसपासमा रहेका अपार्टमेन्ट्समा बस्ने झन्डै सात हजार मानिसहरूलाई बाहिर निकालिएको छ। केहीबेर नजिकै रहेको राजमार्ग बन्द गरिनेछ।
गत वर्ष यही समयमा भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती भवन भत्काउन आदेश दिएको थियो ।
प्रतिक्रिया