काठमाडौंं। आज विभिन्न मिष्ठान्न परिकारका साथ दर खाईदै छ । भोली हरितालिका तिजमा ब्रत बस्ने भएकाले हिन्दु महिलाले आज मिठा मिठा परिकार बनाएर दर खाने गर्छन । आजैदेखि तिज शुरु भएको छ ।
टाढा रहेका चेलिवेटी माइती घरमा जम्मा भएर खिर, गुँद, हलुवा, ढकनी, घ्यू, दुध, दहि, मिठाई, फलफूल लगायत दरका रुपमा मिठा परिकार खाने चलन छ । भोलीको ब्रतका लागि अघिल्लो दिन साँझ शरीरमा शक्ति दिने खालको दर खाने चलन छ ।
यसैबीच दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालको खाद्य बस्तु नखान चिकित्सकले सुझाव दिएका छन् ।
प्रतिक्रिया