झापा । झापामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ ।
भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया