काठमाडौँ । सरकारले आज पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ ।
दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । कारण पहिचान गरेर र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने गरी आवश्यक सुझाव सहितको प्रतिवेदन दिन आयोगलाई ४५ दिनको समय तोकिएको मन्त्री पौडेलले बताए ।
आयोगको सदस्यहरूमा नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी दीपक प्रसाद बास्तोला र हवाई इन्जिनियर सुनिल थापा सहित ५ जना छन् । आयोगको सदस्य सचिवमा संस्कृति मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
प्रतिक्रिया