पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रंगमञ्चमा अर्को नाटक ‘साथी, साथी आइदेउ न’, हेर्न जाने हैन ? कौशी थिएटर

चिन्तन खबर

टिकाराम आचार्य

काठमाडौं । पछिल्लो समयमा रंगमञ्चमा नाटकहरु प्रसस्त प्रदर्शन हुन थालेका छन् । उसोत विगतमा पनि नभएका भने हैनन् तर, पछिल्लो समय धेरै भने दर्शकले रंगमञ्चलाई मनपारउन थालेका छन् ।

दर्शकले नाटकमा रुचि बढ्नुमा मौलिकता बढी भन्दा बढी झल्कनु नै हो । देश भित्रका विभिन्न भाषा, जातजाती, धर्मका विषयलाई लिएर मौलिकरुपमा नाटक बन्न थालेका छन् भने कुरीति र कुसंस्कारविरुद्ध पनि मौलिक हिसावले नाटक मञ्चन हुने गरेका छन् ।

त्यस्तै काठमाडौंको टेकुस्थित कौशी थिएटरमा नाटक ‘साथी, साथी आइदेउ न’ मञ्चन भइरहेको छ। यो नाटक निकै मार्मिक छ । आशान्त शर्माको लेखन तथा निर्देशन रहेको नाटकमा पछिल्लो समय बढ्दै गएको प्रविधिको प्रयोग र मानसिक समस्याको विषयलाई समेटिएको छ।

नाटकको कथामा धेरै पात्र छैनन् । कथामा अहिलेका युवाले विकल्प नदेख्दा आफैँलाई समाप्त पार्ने विकल्प मात्र देखेको कुरालाई विषय उठान भएको छ ।

लेखक तथा निर्देशक आशान्त शर्माले गम्भीर विषयलाई हास्य शैलीमा गर्नुभएको छ ।   मञ्चमा देखिने कलाकार क्लाउनको झल्कोसहित आउँछन् र दर्शकलाई हँसाउँदै हसाउँदै गम्भीर बनाउछन् ।

एक युवतीको मानसिक अवस्थालाई परिवार र साथीभाइले नबुझ्दा आउने परिणाम र एक बुझ्ने व्यक्ति आएपछि ती युवतीमा आउने परिवर्तन नै नाटकको मूल कथा हो।

नाटकमा निर्देशक शर्मासहित प्रभाकार न्यौपाने, दिव्या मगर, सरला पराजुली, गोपिनी सेँढाइ, छिरिङ शेर्पा, प्रनिश मगर लगायत कलाकारको अभिनय छ।

गत पुस २८ देखि मञ्चन भइरहेको नाटक  मंगलबार बाहेक हरेक दिन बेलुका ५ बजे प्रदर्शन भइरहेको छ । आगामी माघ १५ गतेसम्म नियमित मञ्चन हुने निर्देशक शर्माले बताउनुभयो ।