झापा । झापाको कचनकवल गाउँपालिका–४ केचनामा प्रेमि–प्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
२५ वर्षीया राजेश कुमार गणेश र करिब १९ वर्षकी पवित्रा राजवंशी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गा रेग्मीले बताए । एभरेष्ट चिया बगान स्थित शिरीषको रुखको एउटै हाँगामा उनीहरू झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
उनीहरू प्रेमी प्रेमिका रहेको प्रहरीको भनाई छ । प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद नदेखिएको एसपी रेग्मीले बताए । उनले भने “विभिन्न कोणबाट विस्तृत अनुसन्धान गर्दै छौँ ।” माछा मार्ने जालको पासोमा उनीहरू झुण्डिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया