Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सबैलाई आफ्नै सीडीओ, एसपी र डीएसपी चाहिएको छ : गृहमन्त्री लामिछाने « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सबैलाई आफ्नै सीडीओ, एसपी र डीएसपी चाहिएको छ : गृहमन्त्री लामिछाने

चिन्तन खबर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताएका छन् ।

ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको भन्दै उपप्रधानमन्त्री लामिछानले सबैलाई आफ्नै सीडीओ, एसपी र डीएसपी चाहिने प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताए । “आज सिडिओ आफ्नो चाहिएको छ, डिएसपी आफ्नो चाहिएको छ, एसपी आफ्नो चाहिएको छ,सबै आफ्नो चाहिएको छ”, गृहमन्त्री लामिछानेले प्रश्न गर्दै भने, “यसैगरी तपाईँहरूलाई राज्यको आफ्नो निकायहरूमा मानिसहरू चाहिएको हो भने प्रणाली सुधारमा तपाईँहरूको योगदान के ?”

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाइ भएपनि केही दिन भित्रै नतिजा आउने बताए । त्यसका लागि गृह मन्त्रालयले संवेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाई छ । उनले राज्यका संयन्त्रहरुलाई हिजो चलायजसरी चलाउन छोड्दिए गृह मन्त्रालय अन्तरगतको आधा समस्या आफै हल भएर जाने पनि बताए ।

“राज्यका संयन्त्रहरुलाई थिलथिलो बनाएर छाडिएको छ । काम गर्नेहरुलाई कानुन पालना गराउनु भन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ, वर्षौं शासनसत्ता सम्हालेका दलहरुबाट थिलथिलो बनाउन, कमजोर बनाउनका निमित्त कामहरु भए”, उनले भने, “त्यहीँ कोणबाट धेरै प्रश्नहरु आउने रहेछन, यो मैले अनुभव गरेको छु । तर म त्यसको प्रतिउत्तर होइन, काममा माध्यमबाट, रिजल्टका माध्यामबाट, परिणामका माध्यामबाट ती जवाफहरू गरिमामय संसदमा आफैं उपस्थित हुन भन्ने चाहना राखेर काम गर्न चाहन्छु ।”

उनले नेपाली जनताले ठूलो आशा, विश्वास र भरोसा राखेर आफूहरूलाई निर्वाचित गराएर पठाएको भन्दै राज्यका अहिलेका संरचनाहरुलाई निकै सुधार चाहिएकाले प्रणालीगत सुधारका लागि निरन्तर लागिरहेको बताए । उपप्रधानमन्त्री लामिछानेले आफूले सम्हालिरहेको गृह मन्त्रालय प्रणाली सुधारमा, मापदण्डहरु निर्माणमा निरन्तर लागि रहेकाले परिणाम देखाउन चाँडै नै सुरु गर्ने बताए ।

उनले गृह प्रशासनले अव गर्न लागेको प्रणाली सुधारलाई विश्वास गर्नुपर्ने भन्दै ‘सबै हाम्रा मान्छे र सवै राज्यका मान्छे’ भएको बताए । “ती राज्यका मान्छेहरुबाट प्रणाली सुधारेर सिष्टममा काम गर्न दिने कुरालाई तपाई हामी प्रतिबद्ध हुन सक्यौं भने पनि आधा काम सकिनेछ । र, आम नागरिकले महसुस गर्नेछन् । चाहे ती क्रसरका विषयमा होस्, चाहे फरार सांसदका विषयमा हुन । चाहे आन्दोलनरत अधिकारीकर्मीहरूका कुरा हुन्”, मन्त्री लामिछानेको भनाइ छ ।

उनले गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर सबै विषयहरुमा काम गरिरहेको भन्दै नतिजा आउन समय लागेको पनि बताए । “राज्यका संयन्त्रहरुलाई चलाइएको छ । गिज्याइएको छ । त्यसलाई ट्रयाक भन्दा बाहिर राखिएको छ । तीनलाई ट्रयाकमा ल्याउँन नसक्दा कयौं ठाउँहरु हल्लिएका छन् । तर म विश्वास दिलाउन चाहन्छु–कि त्यस्ता ठाउँहरुलाई सम्भवत केही दिन भित्रमानै निर्णयमा पुग्छौं”, उनले सदनमा छोडखानी गर्ने, एक अर्कालाई होच्याउने, एकअर्कालाई तल पार्ने हिजोदेखि खाटा बसीसकेका घाउहरुलाई कोट्याउने काम आफू र आफ्नो दलबाट नहुने प्रतिबद्धता जनाए ।