काठमाडौं । मंगलबार दिउँसो संसद् भवनअगाडि आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।
उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा आचार्यको आज बिहान निधन भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो । आचार्यको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ । आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।
आत्मदाहको प्रयास गरेका आचार्यलाई हिँजो नै स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीले भेटेकी थिइन् ।
प्रतिक्रिया