Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रहरीको गोली प्रहारबाट भारतको ओडिशा राज्यका स्वास्थ्यमन्त्रीको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रहरीको गोली प्रहारबाट भारतको ओडिशा राज्यका स्वास्थ्यमन्त्रीको मृत्यु

चिन्तन खबर

काठमाडौं । भारतको ओडिसा राज्यमा प्रहरी सहायक निरीक्षकको गोली प्रहारबाट राज्यका स्वास्थ्य मन्त्रीको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको हो । आइतबार दिउँसो ब्रजराजनगरमा एक प्रहरी सहायक निरीक्षक (एएसआई) ले उनीमाथि गोली प्रहार गरेका थिए।

छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एपोलो अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले स्वास्थ्यमन्त्री दासको उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए।

एक प्रहरी अधिकृतका अनुसार नबकिशोर कार्यक्रममा सहभागी हुन ब्रजराजनगरमा पुगेर गाडीबाट ओर्लनेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो।गोली चलाउने एएसआई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि सोधपुछ भइरहेको छ। अभियुक्तले आक्रमणको कारण भने खुलाएका छैनन्।

समाचार एजेन्सी एएनआईका अनुसार, ओडिशा सरकारले घटनाको अनुसन्धानका लागि सीआईडी–अपराध शाखालाई सुम्पिएको छ। सात सदस्यीय विशेष अनुसन्धान टोली (एसआईटी) मा साइबर, ब्यालिस्टिक र अपराध शाखाका अधिकारीहरू पनि छन्।

नव किशोर दासले पहिलो पटक २००४ मा ओडिशाको झारसुगुडा सिटबाट कांग्रेसको टिकटमा चुनाव लडेका थिए। उक्त चुनाव हारेका उनले त्यसपछि सन् २००९ मा जितेका थिए। सन् २०१४ मा पनि कांग्रेसबाट जितेका उनले सन् २०१९ को चुनावमा बिजु जनता दलसँग लडेर लगातार तेस्रो पटक विधायक निर्वाचित भएका थिए।