Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने स्वतन्त्र पार्टीको तयारी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने स्वतन्त्र पार्टीको तयारी

चिन्तन खबर

काठमाडौं । वर्तमान सरकार गठन हुँदा आफूले पाएको गृह मन्त्रालय नपाए सरकारबाट बा‍हिरिने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुटेको छ ।

आइतबार नेपाली नागरिकता लिएपछि पुनः गृहमन्त्री बन्ने दौडधूपमा लागेका रास्वपाका सभापति रवि लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए। भेटमा गृह मन्त्रालयका लागि प्रधानमन्त्री दाहाल सकारात्मक नभएपछि रास्वपाले सरकारबाट बाहिरिने तयारी थालेको रास्वपानिकट स्रोतको भनाई छ ।

स्रोतका अनुसार लामिछानेको नागरिकता विवादका कारण माओवादीका केही नेताहरु उनलाई पुनः गृहमन्त्रालय दिन तयार नभएको र बिहानको छलफलमा पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल सकारात्मक नदेखिएका हुन् । तर सरकारमा सहभागी सबैभन्दा ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भने रविलाई नै पुनः गृहमन्त्री बनाउन सहमत छन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको रास्वपाले सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृह मन्त्रालयसहित चार मन्त्रा‍लय पाएको हो। सर्वोच्च अदालतले माघ १३ गते शुक्रबार रविको नागरिकता अवैध भएको फैसला गरेपछि लामिछाने पद तथा जिम्मेवारीबाट बाहिरिएका थिए।

चितवन–२ बाट निर्वाचित लामिछानेको सांसद् पद खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रविले पुनः उम्मेदवारी दिने तयारी समेत थालिसकेका छन् । यद्यपि निर्वाचन आयोगले भने निर्वाचनको मिति निर्धारण गरेको छैन।