धनुषा । हिरासतबाट थुनुवा फरार भएको घटनामा तीन जना प्रहरी निलम्बनमा परेका छन् ।
धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर ६ जना थुनुवा फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका हुन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीन जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ ।
हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर भए पनि घटनामा डिउटीको समय प्रहरीको लापरबाही देखिएकोले निलम्बन गरिएको प्रहरीले जनाएको छ। थुनुवा फरार घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया