Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
लागूऔषध सहित ७ जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

लागूऔषध सहित ७ जना पक्राउ

चिन्तन खबर

विराटनगर । प्रहरीले झापा, मोरङ र उदयपुरकाछुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित पक्राउ झापाको बिर्तामोड नगरपालिका–९ का २२ बर्षीय अर्जुन आले र ३८ बर्षीय कृष्ण लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।

यस्तै लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर–१६ मा भारतबाट नेपालतर्फ शंकास्पद अवस्थामा आउँदै गरेका पैदलयात्री धरान–१३ का २० बर्षीय शुक्र भुजेल र २१ बर्षीय पवन अधिकारीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट निषेधित औषधी लुपिजेसिक, एभिल, फेनारगन र डाइजोपाम १४० एम्पुल बरामद गरेको हो ।

यसै गरी उदयपुरको प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका–४ मा चेकजाँचका क्रममा बेलका नगरपालिका–३ का २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदीप तामाङ र २१ बर्षीय उमेश खत्रीलाई नाइट्राभेट ३२ ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका सातै जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।