विराटनगर । प्रहरीले मोरङ र सुनसरीका छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी, मोरङबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका–१० का १९ बर्षीय गोरे भनिने बिनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको फेनारगन, डाइजेल्याव, ब्रुफिन सहित ११ एम्पुल बरामद गरेको थियो ।
यस्तै इलाका प्रहरी कार्यालय धरान, सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपहानगरपालिका–१५ का २६ बर्षीय लक्की गुरुङ, ३२ बर्षीय कुसबहादुर भुजेल, धरान–२ का काम्मराज लिम्बू र धरान–४ का ३० बर्षीय सन्जु बिकलाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेको थियो ।
लागूऔषध सहित पक्राउ परेका पाँचै जनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अघि बढेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया