फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाले फागुन १ गते (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शनिवार फालेलुङ गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकले फागुन १ गते सोमबार ‘जनयुद्ध दिवस’का दिन विदा दिने निर्णय गरेको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बेले जानकारी दिनुभयो ।
त्यस्तै मिक्लाजुङ गाउँपालिकाले पनि सो दिन विदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रसाकीय अधिकृत योगेन्द्र राईले जानकारी दिनुभयो ।
उक्त दिन गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालय र विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।
प्रतिक्रिया