पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेको ग्रासरुट अभियानः पाँचथरमा थापा, सुब्बा र दाहाललाई जिम्मेवारी

चिन्तन खबर

फिदिम । नेकपा (एमाले)ले फागुन ५ गतेबाट सञ्चालन गर्न लागेको ‘मिसन ग्रासरुट’ अभियानका लागि पाँचथरका आठ स्थानीय तह (पालिका)को अगुवाईको जिम्मा तीन केन्द्रीय सदस्यले पाएका छन् ।

पाँचथरमा गोविन्द थापा, अमृता सुब्बा र देबेन्द्र दाहालले अभियानको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । थापाले जिल्लाको फालेलुङ, हिलिहाङ र याङवरक गाउँपालिका, सुब्बाले फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिका तथा दाहालले कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा अभियानको नेतृत्व गर्ने भएका हुन् । थापा र दाहाल झापाका हुन् भने सुब्बा सुनसरीका हुन् ।

पाँचथरबाट प्रतिनिधित्व गर्ने एमालेका चार केन्द्रीय सदस्य मध्ये तीन जनाले अन्य जिल्लामा सो अभियानको अगुवाईको जिम्मा पाएका छन् भने केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फे अस्वस्थ रहेका कारण जिम्मेवारी तोकिएको छैन् ।

जसअनुसार केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङलाई इलामको देउमाई र माई नगरपालिकामा अभियानको नेतृत्वको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य श्रीप्रसाद जबेगुलाई मोरङको लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिका तथा केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्बाङलाई भोजपुरको भोजपुर नगरपालिका तथा साल्पासिलिछो, टेम्केमैयुङ र पौवादुङ्गा गाउँपालिकामा अभियानको नेतृत्वको जिम्मेवारी दिइएको छ ।

एमालेले प्रदेश १ मा अभिमुखिकरणको जिम्मेवारी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई दिएको छ भने अनुगमनको जिम्मेवारी सचिव टोपबहादुर रायमाझीलाई दिएको छ । प्रदेश १ मा अभियान सञ्चालनको अगुवाईका लागि इन्चार्ज राजेन्द्र गौतम सहित नेताहरु शेरधन राई, हिक्मतकुमार कार्की र अग्नी खरेलले जिम्मेवारी पाएका छन् ।

JaLL-Ra-JaMaMaVaRa-CCM-Table-1