पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीप लामिछानेको मुद्दाको पेशी न्यायाधीश खतिवडाको एकल इजलासमा

चिन्तन खबर

काठमाडौं । नेपाली क्रिकेट टिमका पूव कप्तान सन्दिप लामिछानेको मुद्धाको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।

नाबालिका बलात्कारको कसुरमा यसअघि नै जिल्ला अदालत काठमाडौंमा मुद्दाको पुर्पक्ष गरिरहेका लामिछानेले उच्च अदालत पाटनको निर्णय विरुद्ध बिहीबार सर्वोच्चमा रिट दिएका थिए ।

लामिछानेले उच्च अदालत पाटनले थुनामुक्त गर्न आदेश दिइए पनि त्यसमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउन मागसहित मुद्दा दायर गरेका थिए ।

गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी थुनामुक्त भएका थिए । उक्त मुद्दाको टुंगो नलागेसम्म उनलाई विदेश जान रोक लगाइएकोमा उक्त व्यवस्था हटाउन मागसहितका सर्तमा उनलाई धरौटीमा छाडिएको थियो ।

त्यसको विरुद्ध लामिछानेले आफूलाई विदेशमा गएर पनि खेल्न पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए ।