काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेस सरकार बन्न असम्भाव नभएको बताएका छन् । राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताए ।
उनले भने– ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउन सक्छ । केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’
ओलीले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू संकीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको बताए ।
राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ट भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरूले देशका लागि अडेर काम गरे भनेर विरोध भएको टिप्पणी उनले गरे ।
प्रतिक्रिया