काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । निर्वाचन आयोगले तोकेको समय सकिएसँग मतदान पनि सकिएको हो । आयोगले बिहान १० बजेबाट शुरु भएको मतदान ३ बजेसम्म तोकिएको थियो ।
मतदानमा संघीय संसदका ३१३ र प्रदेशसभाका ५५० जना सांसदले सहभागिता रहेको थियो ।
राष्ट्रपति निर्वाचनको लागि संघीय संसदका सांसदको मतभार ७९ र प्रदेशका सांसदको मतभार ४८ रहेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मतदान सम्पन्न भएसँगै ४ बजेबाट मतगणना हुनेछ ।
संघ र प्रदेश सांसदको छुट्टाछुट्टै मतगणना आयोगले जनाएको छ ।
प्रतिक्रिया