काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ‘हत्या’ लाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै माओवादी द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरूको हत्या भएको र उनीहरूका परिवारले न्याय पाउनुपर्ने जिकिर गरेका हुन् ।
उनले भनेका छन्, ‘माओवादी द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरूको हत्या भएको छ । उनीहरूका परिवारले न्याय पाउनुपर्छ । ‘हत्या’ लाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता होइन । हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन् । संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।’
प्रतिक्रिया