काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्री मण्डल विस्तार गर्ने भएका छन् । आज विहान राष्ट्रपति रामचन्द्र पौडेल र दाहालबीचको भेटमा सोहि विषयमा कुराकानी भएपछि अब मन्त्रीहरुको सपथ खुवाउने तयारी भएको छ ।
आज ३ बजेपछी मन्त्रीहरुलाई सपथ खुवाउने नयारी भएको बुझिएको छ ।
को–को बन्दैछन् मन्त्री
नेपाली कांग्रेसबाट आठ जना
कांग्रेसबाट उपप्रधान तथा रक्षामा पूर्णबहादुर खड्का, अर्थमा प्रकाशशरण महत, सामान्य प्रशासनमा धनराज गुरुङ, परराष्ट्र मन्त्रालयमा रमेश रिजाल, सहरी विकासमा एनपी साउद, भूमि व्यवस्थामा सीता गुरुङ, न्याय, कानुन तथा संसदीय मामिलामा डिगबहादुर लिम्बू र स्वास्थ्य तथा जनसंख्यामा मोहनबहादुर बस्नेतको टुंगो लागेको हो ।
माओवादीबाट पाँच जना
माओवादी केन्द्रबाट प्रधानमन्त्री–पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा मन्त्री शक्ति बस्नेत, सञ्चार मन्त्री रेखा शर्मा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती, महिला तथा बालबालिका मन्त्री अमनलाल मोदी बन्ने भएका छन् ।
नेकपा एसबाट दुई जना
नेकपा (एस) बाट कृषिमन्त्रीमा वेदुराम भुसाल, भौतिक पूर्वाधार मन्त्रीमा प्रकाश ज्वाला निश्चित भएका छन् ।
जनता समाजवादीले कृषि मन्त्रालय पाउने भएको छ । जसपाले मन्त्रीको नाम भने टुंगो लगाइसकेको छैन । लोकतान्त्रिक समाजवादीबाट श्रममन्त्री शरतसिंह भण्डारी बन्ने भएका छन् । नेपाल समाजवादी पार्टीबाट खानेपानीमन्त्री महिन्द्र राय यादव, नागरिक उन्मुक्ति पार्टीबाट युवा तथा खेलकुदमन्त्री रञ्जिता श्रेष्ठ निश्चित भएका छन् ।
त्यसैगरी जनमत पार्टीले एक मन्त्रालय पाउने भएको छ । मन्त्रालय निश्चित नभएपनि अब्दुल खान मन्त्री बन्ने निश्चित भएको छ । आम जनता पार्टीबाट प्रभु साह मन्त्री बन्दैछन् । उनको पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेको छ ।
प्रतिक्रिया