(एक)
कोहि अभिनयमा छन यो समय कोहि नकाबमा छन !!
चरित्रको वास्ता रहेन मात्र चित्र सजाउन दबाबमा छन !!
अब त अत्ति भो सराबी सुध्रिनु पर्छ गाली गरेर हिडेका
एक हुल भलादमिहरु नै भट्टिको सस्तो सराबमा छन !!
जस्तो छु त्यस्तै स्विकार आउदैन मलाइ देखावटी बन्न
हेर त सुन्दर हुदा हुँदै पनि त काडाहरु गुलाबमा छन !!
बाड्न मिल्दैन प्रेम ठानेर जीवन समर्पण गरे कसैलाई
उ गुणा गर्छे भाग लगाउछे, माया पनि हिसाबमा छन !!
भनेको थिए जाल बिछ्याइएको छ नजान त्यो भिडमा
गुहार मागेर फर्किन्न समय बर्बादिहरु कामयाबमा छन !!
(दुई)
पुजाको दियोलाइ हेर केही पल सत्कार हुने छ !!
साक्षी राखेर उसैलाइ सुबेक्षाको ब्यापार हुने छ !!
छेपारोको सङ्गतमा मुर्ती बनेर पुजिन्छु नसोच!!
स्वार्थ पूरा हुनदेउ तिम्रो पनि चिरफार हुने छ !!
हातिको बल एउटा साङ्लोले काबु गरिदिन्छ !!
रोक्न आबेगहरु बन्धन एउटा आधार हुने छ !!
घमण्ड देखाउ,प्रभुत्व जमाउ के के गर्छौ गर !!
सोझो मान्छेको सादा अनि उच्च बिचार हुने छ !!
साथ दिनु जीवन भर तिम्रै दास भएर जिउला !!
गद्दार भयौ करार आउँछ सम्बन्धमा दरार हुने छ !!
(तीन)
पूरा हुने आश बोकेर रहर अभाबमै टर्दो रहेछ !!
नसक्दा पनि निस्कन कुवामा भ्यागुतो पर्दो रहेछ !!
पिडाले मात्रै कमजोर बनाउछ एक भ्रम माने मैले,
अरुको खुसी हेरेरै एक गरिबको आसु झर्दो रहेछ !!
दाग सुहाउछ भन चन्द्रमा हेरेर चित्त बुझाउ सक्छु,
दुनियाले त खाटो बसेकै घाउमा नुन छर्दो रहेछ !!
आत्मा हत्या गर्यो फलानो कायर हो मात्रै भनिन्छ !!
बुझ्ने कोसिस गर्दैन कसैले किन मान्छे मर्दो रहेछ !!
हर दिन आफुलाइ म आर्यघाट सम्म पुर्याएर फर्किन्छु,
मोहोदय स्वासको सम्मान त चित्ताले कहाँ गर्दो रहेछ ??
प्रतिक्रिया